जैमिनीको देउरालीखानी सफा र स्वच्छ समुदाय घोषणा, ७० घरधुरी सरसफाईयुक्त पाइयो

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, २६ असार २०८० ।

जैमिनीको देउरालीखानीलाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको छ । बागलुङको जैमिनी नगरपालिका ३ देउरालीखानीलाई सोमबार सफा र स्वच्छ समुदाय घोषणा गरिएको हो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा सतिहको उपस्थितिमा ७० घर रहेको देउरालीखानीको समुदायलाई स्वच्छ समुदाय घोषणा गरिएको जैमिनी नगरपालिका वडा नं ३ का वडाध्यक्ष कृष्ण बहादुर भुजेलले जानकारी दिनुभयो । खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गर्ने संस्थाहरुको सहयोग र समन्वयमा सो समुदायलाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको उहाँको भनाई छ । समुदायमा सफा र स्वच्छ हुनको लागि आवश्यक मापदण्ड पुरा भएका कारण स्वच्छ समुदाय घोषणा भएको छ ।

७० वटै घरमा शौचालय रहेको र खुल्ला दिशामूक्त भएको, नियमित साबुन पानीले हात धुने र व्यक्तिगत सरसफाईमा पनि ध्यान दिने गरेको लगाएतका सूचक पुरा गरेको प्रतिवद्धता गर्दै देउरालीखानीलाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको उपभोक्ता समितिका अध्यक्ष राम बहादुर सुनारले जानकारी दिनुभयो । समुदायले पिउने पानी शुद्धिकरण गर्ने गरेको, सुरक्षित र स्वच्छ खानेकुरा मात्रै खाने गरेको, सार्वजनिक स्थलहरु नियमित सरसफाई गर्ने गरेको, पानीको भाँडो नियमित सफा गर्ने र छोपेर राख्ने गरेको लगाएतका सूचकहरु समुदायका ७० घरले नै पुरा गरेको सुनारको भनाई छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जैमिनी नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएकाले मानिस स्वस्थ भए उसले हरेक काम गर्न सक्ने बताउनुभयो । नागरिक स्वस्थ नभएमा हरेका विकास निर्माणका काम प्रभावित हुने भन्दै उहाँले जैमिनी नगरपालिकाले अब घर घरमा नै गएर सबै नागरिकको स्वास्थ्य परिक्षण गर्ने जानकारी दिनुभयो ।

यस्तै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैमिनीका नागरिकहरु स्वस्थ भए समृद्ध जैमिनीको सपना पुरा गर्न सकिने भएकाले हरेक टोल समुदायमा सरसफाईका गतिविधिहरु गर्नुपर्ने बताउनुभयो । हरेक घर र समुदाय नै स्वास्थ्यको क्षेत्रमा संवेदशिल भएमा नगरपालिकाले गरेको कामहरु प्रभावकारी हुने भन्दै उहाँले नगरपालिकाले स्वास्थ्यलाई प्राथमितामा राखेर काम गरिरहेको बताउनुभयो । जैमिनी नगरपालिकाका नागरिकहरुको लागि बिभिन्न स्थानमा स्वास्थय शिविर गरिसकेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ । सफा र स्वच्छ समुदाय घोषणा भएको देउरालीखानीका समुदायलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

घोषणा कार्यक्रममा स्वास्थ्य र सरसफाईसंग सम्बन्धीत संघ संस्थाका प्रतिनिधिहरु सहित सरोकारवाला र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

May be an image of text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो