जैमिनीमा चोरी गर्दै हिडेका युवकले युवती बलात्कार गरी भागेको खुलाशा, अनुसन्धान चल्दै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ असार २०८० ।

बागलुङको जैमिनीमा चोरी गरेपछि पक्राउ परेका युवकले २० बर्षीय युवती बलात्कार गरेर फरार भएको खुलेको छ । उनले असार २५ गते बागलुङको मालढुङ्गामा पोखराकी एक युवतीलाई बलात्कार गरी फरार भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी मदन के.सी.का अनुसार गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ७ छापचौरका २८ बर्षीय विमल हमालले २० बर्षीय युवतीलाई ललाइफकाई मालढुङ्गाकाे जंगलमा लगेर बलात्कार गरी भागेका थिए । युवतीले दिएको हुलीया अनुसार मालढुङ्गाबाट दक्षिण तर्फ भागेको सिसिटिभी फुटेजमा देखिएको थियो ।

युवतीले प्रहरीमा असार २६ गते उजुरी दिएकी थिइन् । युवक भने २५ गते नै जैमिनी नगरपालिका क्षेत्रमा प्रवेश गरेर चोरी गर्न थालेका थिए । असार २५ गते उनले जैमिनी नगरपालिका वडा नं १ को पल्लोपाखा र किसेकमा पैसा र मोबाइल चोरी गरेका थिए । त्यसको भोलिपल्ट जैमिनी नगरपालिका ४ सर्कुवाको मौलाछ लगाएतका स्थानमा समेत उनले चोरी गरेको सूचना पाएपछि प्रहरी चौकी कुश्मिसेराले खोजीकार्य तिब्र बनाएको थियो ।

उनलाई खोजिगर्ने क्रममा असार २६ गते साँझ ७ बजेतिर कुश्मिसेरा बागलुङ सडक खण्ड अन्तरगत जुम्लिखोला नजिकबाट पक्राउ गरिएको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन बहादुर खत्रीले जानकारी दिनुभयो । उनको साथबाट चोरी गरेका सुनका गरगहना र मोबाइल समेत बरामत गरिएको थियो ।

उनलाई जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । उनलाई जबरजस्ती करणी र चोरी डकैती कसुरमा मुद्धा दर्ता गरिने छ ।

ती युवकको साथबाट सुनको बेरुवा औठी १ थान, सुनको सिक्री १ थान, सुनको मंगलसुत्र १ थान, नगद .९ हजार ५ सय ४०रुपैयाँ, विभिन्न विदेशी मुद्रा १७ थान, सिमकार्ड सहितको इन्टेल मोबाइल एक थान, नोकिया मोबाइलको ब्याट्री एक थान र बडी स्प्रे एक थान फेला परेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस् । 

जैमिनीमा चोरी गर्दै हिँडेका एकजना पक्राउ, चोरी गरेका सामानहरु बरामत


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो