जैमिनीमा वेवारिसे भेटिएकी महिलालाई मानवसेवा आश्रम लगियाे

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १८ साउन २०८० ।

बागलुङको जैमिनीमा वेवारिसे अवस्थामा भेटिनुभएकी एक महिलालाई मानवसेवा आश्रम बागलुङ लगिएको छ । बिहिबार कुश्मिसेरा प्रहरी चौकी, स्थानीय र जनप्रतिनिधिको पहलमा महिलालाई मानवसेवा आश्रम बागलुङ लगिएको हो ।

बुधबार जैमिनी नगरपालिका वडा नं ९ पैयुथन्थापमा नाम सुमित्रा र घर भारतको हरियाना बताउने अन्दाजी ५० बर्षकी एक महिला वेवारिसे अवस्थामा फेला पर्नुभएको थियो । ती महिलालाई बिहिबार बिहान मानवसेवा आश्रममा समन्वय गरी पठाइएको प्रहरी चौकी कुश्मिसेराका प्रहरी प्रमुख मिन बहादुर खत्रीले जानकारी दिनुभयो । जैमिनी नगरपालिका वडा नं ९ को वडा कार्यलयले मानवसेवा आश्रमलाई ती महिलाको व्यवस्थापनको लागि अनुरोध सहित सिफारिस गरेको छ ।

वेवारिसे अवस्थामा भेटिएकी ती महिलालाई प्रहरीको रोहवरमा मानवसेवा आश्रममा पठाइएको र उहाँलाई आश्रमले व्यवस्थापन गर्ने प्रहरी प्रमुख खत्रीले बताउनुभयो । वेवारिसे महिला भेटिएको खबर पछि प्रहरी चौकी कुश्मिसेराको टोली वडामा गएको थियो ।

कुश्मिसेरा प्रहरी चौकीले गाउँघरमा विभिन्न घटनाहरु भैरहेकाले नयाँ मान्छे आएको देखेमा सोधपुछ गर्न र प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । कोहि नयाँ भेटिए वा पहिचान नखुलेमा प्रहरीले तुरुन्तै मान्छेको पहिचान गरी व्यवस्थापन गर्ने भएकाले प्रहरीलाई खबर गर्न प्रहरी प्रमुख खत्रीले आग्रह गर्नुभयो । यदि कतै अपराधिक घटना भए वा नयाँ मानिस देखे प्रहरी चौकी कुश्मिसेराको फोन नं ९८५७६९००९५ मा खबर गर्न प्रहरीको आग्रह छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो