जैमिनीको एक परिवारलाई बिवाईसीको राहत, सिकाई परियोजनाको बैठक सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १८ साउन २०८० ।

बिवाईसी बागलुङले जैमिनीका एक परिवारलाई राहत दिएको छ । गत आइतबार राति बर्षाका कारण घर भत्किएर समस्यामा परेका जैमिनी नगरपालिका २ दमेकका रुपेश परियारको परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरेको हो ।

बुधबार परियारको परिवारलाई तत्कालको लागि खाद्यन्न समस्या परेको पाइएपछि बविाईसीको विपद कोषबाट खाद्यन्न सहयोग गरिएको बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो । बर्षाले घर भत्किएपछि रुपेश परियारको ५ जनाको परिवारले छिमेकीकोमा आश्रय लिएर बसेको भएपनि तत्कालको लागि खाद्यन्न अभाव भएको जिल्लाखबर डटकमले समाचार प्रकाशन गरेको थियो ।

बिवाईसी बागलुङले शिक्षा, स्वास्थ्य, रोजगार लगाएत विविध क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थाले समस्यामा परेकाहरुलाई सहयोग समेत गर्ने गरेको छ ।

यस्तै जैमिनीमा सिकाई परियोजनाको मूल्याङ्कन समितिको बैठक सम्पन्न भएको छ । बुधबार सिकाई तथा शसक्तीकरणका लागि प्रभाव मापनको अनुगमन तथा मूल्याङ्कन समितिको बैठक सम्पन्न भएको हो ।

भिएसओ नेपाल र हेम्पेल फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सिकाई परियोजना कार्यक्रमको उपलब्धी बारे छलफल सहित बैठक सम्पन्न भएको बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो । परियोजनाले बिभिन्न विद्यालयहरुमा सिकाई उपलब्धी र आधारभूत अवस्थाको बारेमा अनुगमन र मूल्याङ्कन गरेको थियो ।

सिकाई परियोजना योजना तर्जुमा गर्ने देखि कार्यन्वयन र प्रभावकारिता मूल्याङ्कन सम्म एकैतिरबाट हुने भएकाले यसको उपलब्धी सुधार गर्न सहज हुने उहाँको भनाई छ । एउटाले बनाएको योजना अर्कोले कार्यन्वयन गर्ने र अर्कोले अनुगमन र सुझाव दिँदा कहिँ न कतै केहि नमिलेजस्तो हुने भएकाले यो परियोजना एकद्वार पद्धतिमा गरिने अध्यक्ष शर्माले बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन र उप प्रमुख हरिहर शर्माले जैमिनी नगरपालिकाको सबै विद्यालयमा सिकाई परियोजना लागु गर्ने व्यवस्था मिलाउन बिवाईसी समक्ष आग्रह गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो