विदेश जानेहरुले अब जैमिनी नगरपालिकाबाट नै श्रम स्वीकृति बनाउन पाउने, यस्तो छ व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २ जेठ २०८० ।

बागलुङकाे जैमिनी नगरपालिकाबाट वैदेशिक रोजगारको लागि लिइने पुनः श्रम स्वीकृति बनाउन थालिएको छ । नगरपालिकाको रोजगार सेवा केन्दबाट वैदेशिक रोजगारमा जान चाहनेहरुको लागि अनलाइनबाट पुनः श्रम स्वीकृति बनाउन थालिएको हो ।

केन्द्र सरकारबाट परिपत्र भए अनुसार अनलाइनबाट सेवाग्रहीहरुको श्रम स्वीकृति बनाउन थालिएको रोजगार सेवा केन्द्रका प्रमुख सुरेश पुनले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । रोजगार सेवा केन्द्रबाट अहिलेसम्म २ जनाले पुनः श्रम स्वीकृति बनाइसकेको उहाँको भनाई छ । जैमिनी नगरपालिका ३ र १० का २ जनाले रोजगार सेवा केन्द्रबाट नै श्रम स्वीकृति बनाएका छन् ।

एक पटक श्रम स्वीकृति लिएकाहरुको बायोम्याट्रिक गरिएको हुने भएकाले स्थानीय पालिकाबाट नै पुनः श्रम स्वीकृति लिने मिल्ने भएपनि पहिलोपटक श्रम स्वीकृति लिनेहरुले भने एक पटक अनिवार्य श्रम कार्यलयमा पुगेर बायोम्याट्रिक गराउनुपर्ने व्यवस्था छ ।

इन्टरनेटमा पोख्त भएकाहरुले अहिले घरमा बसीबसी अनलाइनबाट श्रम स्वीकृति लिन सक्नेछन् । श्रम स्विृकृतिको लागि आवेदन गरेपछि आवेदन स्विकृत हुन भने समय लाग्ने गरेको छ ।

पुनः श्रम स्वीकृति लिँदा तिर्नुपर्ने सामाजिक सुरक्षा कोष, जीवन बीमा र कल्याणकारी कोषको रकम बाहेक अन्य थप शुल्क तिर्नु नपर्ने रोजगार सेवा केन्द्र प्रमुख पुनले बताउनुभयो । अहिले वैदेशिक रोजगारमा जान चाहनेहरुले श्रम स्वीकृति लिनुपर्दा विचौलियाहरुले महंगो शुल्क लिने गरेको गुनासो आएपछि नेपाल सरकारले स्थानीय तहबाट नै निःशुल्क रुपमा पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो