पहिरोले कुश्मिसेरा दमेक गाजादह सडक अवरुद्ध, यात्रुहरु घुमाउरो बाटो हिड्न बाध्य

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ असोज २०८० ।

पहिरो खसेपछि कुश्मिसेरा दमेक गाजादह सडकखण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ शिवपुरीमा बाटोमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो ।

निरन्तर परेको अविरल बर्षाका कारण हिजो बिहानै देखि पहिरो खसेर सडक अवरुद्ध भएको बताइएको छ । सडक अवरुद्ध भएको २४ घण्टा भन्दा बढि वितिसक्दा पनि खुलाउन पहल नभएको भन्दै नागरिकहरुले जैमिनी नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । धेरै ठुलो पहिरो नभएकाले १५/२० मिनेट मा नै बाटो खुलाउन सकिने भएपनि यतातिर कसैको ध्यान नगएको यात्रुहरुको गुनासो छ ।

बाटो अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वडा नं २ र ३ मा जाने र त्यहाँबाट नगरपालिकाको केन्द्र कुश्मिसेरा सहित जिल्ला सदरमुकाम बागलुङ बजार जाने सवारीहरु प्रत्यक्ष मारमा परेका छन् । आज मंगलबार देखि कक्षा १२ को ग्रेडवृद्धि परिक्षा दिन आउने विद्यार्थीहरु समेत पहिरोका कारण मारमा परेको गुनासो गरेका छन् ।

यो बाटो अवरुद्ध हुँदा काउले वडडाँडा हुँदै बिराउने निस्किएर यात्रा गर्न सकिने बैकल्पिक बाटो रहेको छ । तर यो बाटो घुमाउरो पर्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो