जैमिनीलाई विपद् न्युनिकरणका सामग्री प्राप्त, विपद् न्युनिकरण् र उद्दारमा सहज हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ असोज २०८० ।

बागलुङको जैमिनी नगरपालिकालाई विभिन्न प्रकारका विपद न्युनिकरणका सामग्री प्राप्त भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणको सहयोगमा साँढे १८ लाख रुपैयाँ भन्दा बढिको सामग्री प्राप्त भएको हो ।

जैमिनी नगरपालिकाको आग्रहमा प्राधिकरणले विभिन्न २० प्रकारका विपद न्युनिकरणका सामग्रीहरु नगरपालिकाको लागि पठाएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । प्राधिकरणले पठाएका सामग्रीको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाउँदै उप प्रमुख शर्माले प्राधिकरणबाट १८ लाख ६७ हजार ३ सय ५ रुपैयाँ बराबरको विपद न्युनिकरणका सामग्री पठाएकोमा प्राधिकरण प्रति आभार व्यक्त गर्नुभएको छ ।

विद्युतको लागि जेनेरेटर, प्राथमिक उपचार बक्स देखि विपद् न्युनिकरण र उद्दारका सामग्रीहरु समेत प्राधिकरणले पठाएको जैमिनी नगरपालिकाका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव विवेक सापकोटाले जानकारी दिनुभयो । प्राधिकरणबाट प्राप्त भएको सामग्रीहरु रुजु गरेर दाखिला गरिएको उहाँको भनाई छ ।

गत साउन ३१ गते निर्णय गरेर प्राधिकरणले असोज ४ गते सामग्रीको विवरण र मूल्यसूचि,जानकारी पत्र सहित सामग्रीहरु नगरपालिकालाई पठाएको थियो । नगरपालिकाले सामग्री प्राप्त भएको जानकारी प्राधिकरणलाई दिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो