जैमिनीबाट साग्दी जाँदै गरेकाे पीकअप गाडी लुरूङमा दुर्घटना हुँदा २ जना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० पुस २०८० ।

बागलुङको बरेङ गाउँपालिका १ लुरूङमा पीकअप गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बागलुङको बरेङ गाउँपालिका १ लुरूङमा ग ३ च ५९५८ नम्बरको पीकअप गाडी दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

जैमिनीको दमेक पाेखराचाैर देखि बरेङको साग्दी सत्यवती मन्दिर जाने यात्रु बोकेर गएको पीकअप गाडी बिहान ४ बजेतिर लुरूङकाे घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बरेङले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका २ जनाको जैमिनी नगरपालिका १० स्थित राङ्खानी स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

११ जना सवार पीकअपमा अन्य यात्रु सामान्य रहेको र घाइतेहरुको अवस्था पनि गम्भीर नभएको बताइएको छ । घाइते भएका रमेश परियार र सुर्य परियारकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालले जनाएकाे छ । पीकअप गाडी रमेशले चलाएका थिए ।

गाडी के कारणले दुर्घटना भयो भन्ने पत्ता लागेको छैन । गाडी सडकमा नै पल्टिएको थियो ।  घटनाको थप विवरण आउन बाँकी छ ।

यसअघि दुर्घटना स्थल जैमिनी नगरपालिका १० नाम्दुक भएकाे जानकारी प्राप्त भएकाले साेहि उल्लेख गरिएकाेमा दुर्घटना स्थल बरेङ गाउँपालिका १ लुरूङ भन्ने प्रष्ट भएकाले समाचार सच्याएका छाैँ । यसबाट पाठक वर्गमा पर्न गएकाे असर प्रति क्षमायाचना गर्दछाैँ । – सम्पादक 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार