नेपाल सुपर लिगः पाेखरालाई हराउँदै धनगढी फाइनलमा, फाइनल खेल शनिबार हुने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ९ पुस २०८० ।

पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे ।

धनगढी लगातार दाेस्राे पटक फाइनलमा पुगेकाे हाे । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डाै रेजर्ससँग पराजित हुँदै उपविजेता बनेकाे थियाे । निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । खेलकाे ५ औँ मिनेटमा पाेखराका आयुष घलानले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गाेल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएकाे थियाे । खेलको १०२ औँ मिनेटमा स्टेफेन काेजाेले गाेल गर्दै पाेखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयकाे अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएकाे थियाे ।

याे खेल हारे पनि पाेखराले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा काठमाण्डाै रेजर्स र ललितपुर सिटी एफसीबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । काठमाण्डाै र ललितपुरबीचको खेल भाेलि मङ्गलवार हुनेछ । यस्तै दाेस्राे क्वालिफायर आउँदाे बिहीवार हुनेछ । एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार