पानीको हाहाकार हुने जैमिनीको भेडीखर्कमा लिफ्टिङ खानेपानी आयोजना सुचारु

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ४ भदौ २०८० ।

जैमिनीको भेडीखर्कमा लिफ्टिङ खानपानी आयोजना सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीको भेडीखर्कमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

जैमिनी नगरपलिका र नेपाल स्वास्थयका लागि पानी नेवाको संयुक्त लगानीमा भेडीखर्कमा खानेपानीको आयोजना सम्पन्न भएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । खानेपानीको अत्यन्तै समस्या रहेको भेडीखर्कमा नेवा संगको सहकार्यमा जैमिनी नगरपालिका र स्थानीयहरुको निरन्तरको प्रयास पछि खानेपानी आयोजना सञ्चालन गरिएको उहाँको भनाई छ ।

लिफ्टिङ खानेपानी आयोजनाको आइतबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । आइतबार नेवाका प्रतिनिधि सहित जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, वडा नं १० का वडाध्यक्ष श्री प्रसाद थापा लगाएतको उपस्थितिमा खानेपानी आयोजनाको औपचारिक रुपमा उद्घाटन गरि सञ्चालन गरिएको छ ।

खानेपानीको लागि निकै दुःख भोगिरहेका भेडीखर्कवासीहरु घर घरमा नै पानी आउन थालेपछि खुसी भएका छन् । पर्यटकीय क्षेत्र हाँडीकोट मूनि रहेको भेडीखर्कमा खानेपानीको सहजता भएसंगै घरवास कार्यक्रम सञ्चालन गर्ने र स्थानीयहरुको आयश्रोत बढ्ने विश्वास गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो