जनताको नजिक बन्दै सांसद डिल्लीराम सुवेदी, कुश्मिसेरामा सांसदको कार्यलय स्थापना

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १ भदौ २०८० ।

गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले प्रदेश सांसदको कार्यलय स्थापना गर्नुभएको छ । बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित सांसद सुवेदीले शुक्रबार आफ्नो क्षेत्रमा कार्यलय स्थापना गर्नुभएको हो ।

क्षेत्र नं १ को प्रदेशसभा २ अन्तरगत पर्ने बागलुङको दक्षिणी भेग जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको वडा नं १२, १३ र १४ (बलेवा क्षेत्र) का नागरिकहरुको लागि पायक पर्नेगरी जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा कार्यलय स्थापना गरिएको सांसद सुवेदीले जानकारी दिनुभयो । शुक्रबार कार्यलय उद्घाटन पछि बोल्दै उहाँले आफूलाई अमूल्य मत दिएर पठाएका जनताको समस्यामा आफू संगै रहन कार्यलय सञ्चालन गरिएको बताउनुभयो । विशेषगरी सांसदहरु निर्वाचित भएपछि जनतासमक्ष फर्केर नआउने परिपाटीको अन्त्य गर्दै कार्यलयबाट निरन्तर जनताको समस्या, जिज्ञासा, सुझाव तथा गुनासो सुन्ने र सम्बोधन गर्ने उहाँको भनाई छ ।

नेपालमा सांसद बनेर गैसकेपछि निर्वाचित क्षेत्रमा नफर्किएको गुनासो सबैजसो सांसदले सुन्नुपर्छ । प्रदेश र केन्द्रमा निर्वाचित भएर गएका सांसदहरु भोट हाल्ने जनतासंग घुलमिल हुने खास समय र मौका पनि जुरेको पाइदैन । सांसदले जनताको सानो कुरालाई ख्याल नगर्ने र जनताहरुले पनि सांसदले जनताका गुनासा सुन्ने र सुझाव अनुशरण गर्लान् भनेर सोचेका हुँदैनन् ।

नेपालमा सांसद र जनताविच अन्तरघुलनको परिपाटी नभएपनि अधिकांश देशका सांसदले भने आफ्नो क्षेत्रमा कार्यलय नै राखेर जनताको सुझाव लिने र समस्या हल गर्ने प्रचलन छ । कतीपय देशले सांसदको कार्यलय व्यवस्थापनको लागि कर्मचारी र रकम नै व्यवस्था गरिदिएका हुन्छन् ।

सांसद सुवेदीले जनतासंग नजिक हुन र उनीहरुको समस्या मुताविक काम गर्न कार्यलय स्थापना गरिएको बताउनुभयो । नागरिकहरुले सामान्य ठानेका कुराहरुलाई प्राथमिकता दिएर आफू अगाडि बढ्ने भन्दै सांसद सुवेदीले केन्द्रमूखि हुने बानीले जनताका खास समस्या बुझ्न नसकिने धारणा राख्नुभयो ।

विभिन्न देशको सिको गर्दै स्थापना गरिएको सांसद सुवेदीको सम्पर्क कार्यलयमा नागरिकहरुले आफ्ना गुनासा, सुझाव, समस्या तथा जिज्ञासाहरु राख्न सक्नेछन् । कुश्मिसेरा तल्लोबजार स्थित जैमिनी नगरपालिका वडा नं १ को कार्यलय छेउमा रहेको सांसद सुवेदीको कार्यलयमा निरन्तर जनताको गुनासो लिने र जनता र सांसदलाई जोड्नको लागि जनशक्तिको समेत व्यवस्थापन गरिने छ ।

यस्तै नागरिकहरुलाई उत्पादन संग जोड्न उहाँले अम्रिसोको विरुवा वितरण गर्नुभएको छ । अम्रिसोको व्यवसायिक खेति गर्नेहरुलाई बजारिकरणमा जोड्न सकिने भन्दै अम्रिसो वितरण गरिएको उहाँले बताउनुभयो । नेपाल कुचो संघको समन्वयमा यसको बजारिकरण गर्न सकिने र खेर गएको जग्गामा लगाउन सकिने भएकाले यसबाट नागरिकहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

सांसद सुवेदीले अहिले ठुला कुरालाई महत्व दिने तर साना भनिएका कुराहरुको ख्याल नगर्दा समस्या भएको भन्दै साना कुराहरुलाई प्राथमिकतामा राखेर काम गर्न सके त्यसबाट पनि मनग्य लाभ लिन सकिने बताउनुभयो । निर्वाचित भएको करिव एक बर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्रका जनताको आयस्तर कसरी उकास्न सकिन्छ भनेर विभिन्न क्षेत्रका विज्ञहरुसंग समेत छलफल गर्नुभएका सुवेदीले नागरिकलाई उत्पादनसंग जोड्न सके मात्रै देशको विकास हुन सक्नेमा जोड दिनुभयो ।

कार्यलय उद्घाटन कार्यक्रममा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ का जनप्रतिनिधिहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सांसद सुवेदीले जनप्रतिनिधिहरुलाई आफ्नो क्षेत्रमा अम्रिसो वितरणका गर्न भन्दै दिनुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो