सार्वजनिक सवारी साधनको भाडादर घट्यो, बागलुङ काठमाडाैकाे भाडा ९ सय भन्दा कम

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, ३ जेठ २०८० ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । विभागले घटेको मूल्य आज बुधबार  बाट नै लागू भएको जनाएकाे छ ।

घटेकाे भाडादर अनुसार अब बागलुङ काठमाडाैकाे भाडा ८ सय ७४ रूपैयाँ कायम भएकाे छ । यसअघि ९ सय ३ रूपैयाँ भाडादर ताेकिएकाे थियाे ।

हेर्नुहाेस् देशभरकाे भाडादर सूचि 

[googlepdf url=”http://jillakhabar.com/wp-content/uploads/new-bhada.pdf” width=”100%” height=”600″]


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार