काठमाण्डौ, १ कात्तिक २०८० ।
आजदेखि मौसम खुल्दै जाने भएकाे छ । मनसुन बाहिरएसंगै माैसम खुल्न थालेकाे हाे ।
पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।
मनसुन बाहिरिए पनि पश्चिमी वायु सक्रिय हुँदा हिजो र अस्ति पश्चिमी क्षेत्रका धेरै ठाउँमा असिनासहित वर्षा भएको थियो । अन्य पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का मात्रै पानी परेको थियो । असिना पानीका कारण पश्चिमी क्षेत्रमा पाकेको धान तथा तरकारीवालीमा नोक्सानी भएको थियो ।
याे बर्षकाे दशैँमा पानी पर्ने सम्भावना कम भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । तर स्थानीय वायुकाे प्रभावले केहि ठाउँमा माैसम बदली भइ फाटफुट बर्षा हुन सक्ने छ ।



प्रतिक्रिया दिनुहाेस्