भुकम्पका कारण जाजरकोटमा ८६ जनाको मृत्यु, रुकुम पश्चिममा ३६ जनाको ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

जाजारकोट, १८ कात्तिक २०८० ।

गएरातिको भुकम्पका कारण जाजरकोटमा ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पका कारण जाजारकोटमा हालसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको हो ।

रातिको समय भएकाले सबै विवरण प्राप्त भै नसकेको प्रहरीले जनाएको छ । भुकम्पमा परेर १ सय जना भन्दा धेरै घाइते भएको विवरण प्राप्त भएको छ । घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचार गराउन लगिएको छ । अहिले पनि उद्धारको कार्य चलिरहेको जाजरकोटका प्रमूख जिल्ला अधिकारी सुरेश सुनुवारले जानकारी दिनुभयो । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको पनि मृत्यु भएको छ । उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

यस्तै सोहि भुकम्पका कारण रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ मा छ जना, वडा नम्बर १२ मा तीन जना, वडा नम्बर १३ मा सात जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हो । त्यस्तै, सानी भेरी गाउँपालिका वडा १ मा चार जना, वडा नम्बर २ मा एक जना र वडा नम्बर ४ मा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका छन् । घाइतेहरूको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म भुकम्प गएका ठाउँहरुमा उद्धारको कार्य चलिरहेको छ । यकिन तथ्याङ्क आउ बाँकी रहेको प्रहरीले जनाएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो