बागलुङ, २५ कात्तिक २०८० ।
शुभेक्षा एफ.एम र सहारा क्लव कुश्मिसेराले मृतक नवराज शर्माको निवासमा श्रद्धाञ्जली सभा गरेको छ । शुभेक्षा एफ.एमका पूर्व कर्मचारी तथा सहारा क्लवका सह-सचिव नवराज शर्माको निधन भएको पाँचौं दिन शुक्रबार श्रद्धाञ्जली सभा गरिएको हो ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा भण्डारा निवासी नवराज शर्माको गत कात्तिक २० गते ३१ बर्षको उमेरमा निधन भएको थियो । शुभेक्षा एफ.एम. मा छोटो समय काम गरेका शर्माको निधनले शुभेक्षा एफ.एम परिवार दुःखीत भएको र यस्तो दुःखद् समयमा परिवारजनमा सहानुभूति मिलोस् भनेर भेट गर्न निवासमा पुगेको शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज कुश्मिसेराका प्रवन्ध निर्देशक सुजन प्रेमी सुवेदीले बताउनुभयो । मृतक शर्माको आत्माको चिर शान्तिको कामना गर्दै उहाँले अवलम्बन गर्नुभएको सत्कर्ममा सबैले साथ दिनुपर्ने उहाँको भनाई छ ।
सामाजिक क्षेत्रमा समेत क्रियाशिल शर्माको निधनले संस्थालाई समेत अपुरणीय क्षति पुगेको भन्दै सहारा क्लवका अध्यक्ष सुरेश सुनारले उहाँको कार्यलाई निरन्तरता दिन क्लव लागि पर्ने बताउनुभयो । शर्माको स्मृतिमा केहि दिगो काम गर्ने योजना रहेको भन्दै अध्यक्ष सुनारले परिवारजनको सुझाव अनुसार क्लवले कार्य गर्ने बताउनुभयो ।
शोक सभा गर्न शुभेक्षा एफ.एमको तर्फबाट प्रवन्ध निर्देशक सुजन प्रेमी सुवेदी, सहारा क्वलको तर्फबाट अध्यक्ष सुनार सहित कोषाध्यक्ष ओमकार थापा, सल्लाहकार नविन प्रताप जि.सी, दिलिप थापा लगाएत सदस्यहरु शर्माको निवासमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहाेस्