जैमिनीमा बेलुका ८ बजेपछि देउसी भैलो खेल्न नपाइने-यस्ताे छ सूचना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २५ कात्तिक २०८० ।

बागलुङको जैमिनी नगरपालिकाले ८ बजे पछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै ८ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको हो ।

नगर प्रमुख नर बहादुर पुनले हस्ताक्षर गर्नुभएको सार्वजनिक सूचनामा शान्ति सुरक्षा कायम गर्न ८ बजेपछि देउसी भैलो अनिवार्य बन्द गर्नुपर्ने भनिएको छ । चाडवाडलाई भड्किलो नभई सभ्य रुपमा मनाउन र जाँडरक्सी खाने र जुवातास खेल्ने काम नगर्न समेत नगरपालिकाको आग्रह छ । शान्ति व्यवस्थालाई असर पर्ने गरी होहल्ला गर्ने, मादकपदार्थको सेवान, विक्रि वितरण र ओसारपसार गर्ने काम नगर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

नरपालिकाकाे सूचना हेर्नुहाेस् ।

May be an image of ticket stub and text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो