पशुपति मन्दिर क्षेत्रमा कथावाचक दीनबन्धु पोखरेलको प्रवचन हुने

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, ११ असार २०८१ ।

काठमाडौको पशुपतिनाथ मन्दिर क्षेत्रमा श्रीमद्भागवत कथावाचक दीनबन्धु पोखरेलको मुखराविन्दबाट कथा प्रवचन हुने भएको छ । मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा वाचन पण्डित पोखरेलले श्रीमद्भागवत कथा वाचन गर्नुहुने भएको हो ।

साउन १ गतेदेखि ३२ गतेसम्म पशुपति क्षेत्रको हंशमण्डप वनकाली क्षेत्रमा आयोजना हुने महायज्ञमा पोखरेलले कथावाचन गर्ने उहाँले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उहाँले साउन ८ गतेदेखि १४ गतेसम्म आफूले श्रीमद्भागवत कथा वाचन गर्ने बताउनुभयो । पोखरेलले सबै भक्तजनहरुलाई उपस्थित भै पुण्यलाभ लिनको लागि समेत आग्रह गनुर््भएको छ ।

विराट ज्ञान महायज्ञमा पोखरेल सहित प्रसिद्ध कथावाचक तथा वाचिकाहरुको प्रवचन रहनेछ । महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम ललितपूर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भवनको भवन निर्माण गरिने छ । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ सय बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ सय बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

सम्बन्धित समाचार
स्वामी शंकराचार्य अविमुक्तेस्वरानन्द नेपाल आउँदै, बृहत कोटीहोमको उद्घाटन गर्ने
काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने, सहभागी हुन आयोजकको निम्तो
पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम हुँदै, महायज्ञको तयारी तिब्र
साउनमा सु–प्रसिद्ध कथावचिका राधिका दासीको मुखराविन्दबाट कथा सुन्न पाइने
मानव सेवा फाउण्डेशनले २१ सय ज्येष्ठ नागरिकलाई सम्मान गर्दै
पशुपतिमा राष्ट्रिय भजन प्रतियोगिता हुने, प्रथम हुनेलाई १ लाख ११ हजार नगद पुरस्कार


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार