काठमाडौं । ‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ ।
विना सावधानी हाेम डेलिभरी सेवा दिँदा मानिसको घरघरमा कोराेना संक्रमण हुनसक्ने भनी स्थानीय प्रशासनले सेवा रोकेपछि आइतबार भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा समिति गठन गरिएको र उक्त समितिमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेकाे प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयाे ।
प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले डेलिभरी गर्न पाउनुपर्ने माग राखी प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्