करको दायरा बढाउँदै जैमिनी, कुश्मिसेरामा कर संकलन केन्द्र स्थापना (करकाे दर हेर्नुहाेस्)

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २६ साउन २०८० ।

 

बागलुङको जैमिनी नगरपालिकाले कर संकलन केन्द्र सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबार बाट कुश्मिसेरा बजारमा सवारी साधन, पटके व्यवसाय, वस्तु तथा सेवा ओसारपसारको कर संकलन केन्द्र सञ्चालन गरेको हो ।

विशेष गरी नगर क्षेत्र भित्रका विभिन्न व्यवसाय र व्यवसायीहरुलाई संरक्षण र प्रवर्द्धन गर्न कर संकलन केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । बाहिरबाट गाडी वा झोलामा सामान ल्याउने र जुनसुकै माध्यमबाट गाउँ गाउँमा गई वस्तु बेचबिखन तथा मर्मत गर्ने नाममा नागरिकलाई ठग्ने प्रवृत्तिलाई अन्त्य गर्न त्यस्ता घुमन्ते व्यवसायलाई नियन्त्रण गरिने र तथ्यांक राखिने उद्देश्यले कर संकलन केन्द्र स्थापना गरिएको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सवारी साधनहरुलाई स्थानीय सरकारको आर्थिक ऐनको व्यवस्था अनुसार बार्षिक करको दायरामा ल्याइने छ । नगरभित्रको जुनसुकै वस्तु, सामान र उत्पादन खरिद गर्ने क्रेताहरुलाई समेत वस्तु तथा सेवा ओसारपसार अन्तरगत करको न्युनतम दायरामा ल्याइने नगरपालिकाले जनाएको छ ।

यस्तो छ जैमिनी नगरपालिकाको आर्थिक ऐनमा व्यवस्था भएका करका मूख्य दर र दायराहरु..

पशुपंक्षी ओसारपसार कर
१) गाई, गोरु, सुँगुर तथा बँगुरको प्रतिदिन प्रति गोटा रु.१००।
२) हास कुखुरा प्रति दन प्रति गोटा रु. ५०।

पटके व्यवसाय कर –
यस न.पा. क्षेत्र भित्र विक्री वितरणको लागि ल्याउने, नगरपालिकाबाट जिल्ला वाहिर लैजाने र घुम्ती पसल राख्ने कारोवारमा निम्नानुसारका दरले पटके व्यवसाय कर लाग्ने छ ।
१) भैसी, राँगा प्रति गोटा प्रति पटक रु. १००।
२) खसी, बोका प्रति गोटा प्रति पटक रु ५०।
३) हांस कुखुरा (चल्ला बाहेक) प्रति गोटा प्रति पटक रु ५।
४) घुमुवा व्यवसाय प्रति पटक÷प्रति हप्ता नगरभित्र पैदल रु.५००। र सवारी मार्फत आएमा रु १,०००।

सवारी साधनको बार्षिक कर –
१. बस, ट्रक, लरी, पावर टेलर र अन्य हेभी गाडीः ५,०००।
२. ट्याक्टर  ३०००।
३. भाडाका कार जीप भ्यान, पिकअप २,०००।
४. भाडाका टेम्पो, अटो रिक्सा २००
५. भाडाका मिनीबस, मिनीट्रक, भ्यान २,५००।
६. नीजि, कार तथा ट्याक्सी २,५००।
७. स्कुटर, मोटरसाइकल तथा अन्य सवारी साधन २००।
८. ठेला गाडा तथा रिक्सा ५०।

दर्ता तथा सञ्चालन इजाजत दस्तुर-
नगरपालिकामा ठेला, रिक्सा, टांगा, अटो रिक्सा दर्ता गरी नम्बर दिएवापत १५०।

नगर पालिका भित्र डोजर बाट कार्य सम्पादन गरे बापत ।
१ वटा रु ७,५००।
२ देखि ३ वटा रु १०,०००।
३ देखि ५ व्टा १५,०००।
५ देखि ८ वटा २०,०००।
८ वटा भन्दा माथि ३०,०००।

No description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो