जैमिनीमा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, ८ वटा विधामा प्रतिस्पर्धा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३० भदौ २०८० ।

बाल दिवसको अवसरमा बागलुङको जैमिनी नगरपालिकाले बाल प्रतिभा पहिचान कार्यक्रम गरेको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा जैमिनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विविध कार्यक्रमको आयोजना गरेको हो ।

आधारभूत तहका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन होस् भन्ने उद्देश्यले विभिन्न विधाको कार्यक्रम आयोजना गरिएको जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका १० वटै वडाका विभिन्न विद्यालयबाट विद्यार्थीहरुले सहभागिता रहेको थियो ।

८ वटा विधा मध्ये शुक्रबार ५ वटा विधाको मात्रै प्रतिस्पर्दा भएको थियो । ८ वटा विधद्यामा प्रतिभा प्रस्फुटन गराउने भनिए पनि समय अपुग भएकाले ३ वटा विधाको प्रतियोगिता असोज २ गते गर्ने गरी समय सारिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा भाग लिएर प्रथम, द्वित्तीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो