सुन्तलाचौर मा.वि मा तीजको अवसरमा तीज गीत नृत्य तथा दरखाने कार्यक्रम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३० भदौ २०८० ।

सुन्तलाचौर माध्यामिक विद्यालयको बाल क्लवको आयोजनामा तीज गीत नृत्य प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेकमा अवस्थित सुन्तलाचौर मा.वि मा तीजको अवसरमा विविध कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार बाल अधिकार विषयक तीज गीत तथा नृत्य प्रतियोगिता सहित दरखाने कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो । ५९ औं बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा सहित नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

एकल नृत्य प्रतियोगितामा सोनी छन्त्याल प्रथम, विपिशा छन्त्याल द्वित्तीय, र नविना परियार तृतीय भएकी छन् । तीज गित तथा नृत्यमा आश्मा छन्त्यालको टिम प्रथम, महिमा सापकोटाको टिम द्वित्तीय र आशिका सापकोटाको टिम तृतीय भएका छन् ।

बाल दिवसको अवसरमा शिक्षक, अभिभावक सहित विद्यार्थीहरुले विभिन्न सचेतनामूलक नारा लेखिएको प्लेकार्ड बोकेर र्‍याली गरेका थिए । कार्यक्रमको अवसरमा ग्लोबल आइएमई बैंक कुश्मिसेरा शाखाले विद्यालयको लागि एउटा रंगिन प्रिन्टर हस्तान्तरण गरेको थियो ।

जैमिनी नगरपालिका २ दमेकमा अवस्थित सुन्तलाचौर मा.विमा गठन भएको सुन्तालचौर बाल समुहले विविध सचेतनामूलक कार्य गर्न थालेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो