नेपाली कांग्रेस जैमिनीकाे मत गणना सुरू, कसकाे मत कति ? यस्ताे छ पछिल्लाे मत परिणाम

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असाेज २०७८ । 

नेपाली कांग्रेस जैमिनी नगर समितिकाे मत गणना सुरू भएकाे छ । नगर अधिवेशनकाे क्रममा भएकाे मतदान पछि केहि बेर अघिबाट मत गणना सुरू भएकाे हाे ।

२ सय ७१ मतदाता मध्ये २ सय ६६ मत खसेकाे र याे समाचार तयार पार्दासम्म एक सय वटा मत गणना भएकाे नेपाली कांग्रेस जैमिनी नगरसमितिले जनाएकाे छ । नेपाली कांग्रेस जैमिनी नगर सभापतिमा वर्तमान नगर सभापति काशिराम आचार्य र दमेकका जन प्रतिनिधि तथा जैमिनी २ का वडा सदस्य समेत रहनुभएका प्रेम सापकोटा विच प्रतिस्पर्धा भएकाे छ । १ सय मत गन्दा आचार्यले ४६ मत र सापकाेटाले ५२ मत प्राप्त गर्नुभएकाे छ ।

 उप सभापतिका उम्मेदवार ओम बहादुर केसीले ६२,  किरन शर्माले ४७  र विमल श्रीसले ८० मत प्राप्त गर्नुभएकाे छ । नगर सचिव पदका उम्मेदवार बम बहादुर क्षेत्रीकाे लागि ७५ मत, नारायण अधिकारीकाे लागि ३९ मत र शिव कुमार श्रीसकाे लागि ७३ मत खसेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।  सह सचिवमा ईश्वरी प्रसाद चापागाईँले ३०,  डिल्लीराज पौडेलले २७, दिपक सुवेदीले ६८ र बिमल आचार्यले ६३ मत प्राप्त गर्नुभएकाे छ ।

अहिले मतगणना चलिरहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो