बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओ खुल्याे, कति दिने आवेदन ?

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ११ असाेज २०७८ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओ खुल्ला भएकाे छ । साेमबारदेखि कम्पनीले सर्वसाधारणहरूका लागि आईपिओ खुल्ला गरेकाे हाे ।

सर्वसाधारणहरूका लागि असाेज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिनेगरी ७ लाख ४४ हजार कित्ता  आईपिओ जारी गरिएकाे बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।  सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री भैसकेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो