जैमिनीमा अहिलेसम्म १ सय ३७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराए

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ मंसिर २०७८ ।

जैमिनीमा अहिलेसम्म १ सय ३७ जनाले मतदाता नामावलीमा नाम दार्ता गरेका छन् । १७ गतेदेखि सुरु भएको दर्ता शिविरमा ८१ जना पुरुष र ५६ जना महिला गरी १ सय ३७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

शुक्रबार मात्रै जैमिनीमा पुरुष २३ र महिला २० गरी ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको दर्ता अपरेटर अञ्जु पौडेलले जानकारी दिनुभयो ।

दर्ता शिविर सुरु भएको पहिलो दिन १७ गते पुरुष १३ र महिला १० गरी २३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । यस्तै १८ गते १ जना पुरुष, १९ गते ६ जना पुरुष र ९ जना महिला गरी १५ जना र २० गते ११ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये ५ जना पुरुष र ६ जना महिला रहेका छन् ।

मंसिर २१ गते १२ जना पुरुष र ३ जना महिला गरी १५ जना, २२ गते पुरुष ८ जना र महिला ४ गरी १२ जना र २३ गते पुरुष १३ र महिला ४ गरी १७ जनाले नाम दर्ता गराएका थिए ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने शिविर अहिले जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा स्थित १ नं वडा कार्यलयकोे भवनमा भैरहेको छ । २६ गतेसम्म नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुले कुश्मिसेरामा आएर फोटो खिचाई नाम दर्ता गर्न सक्ने दर्ता अपरेटर अञ्जु पौडेलले बताउनुभयो । नामावलीमा नाम दर्ता गर्न आउँदा आफ्नो सक्कल नागरिकता र एउटा फोटोकपी अनिवार्य ल्याउनुपर्ने निर्वाचन कार्यलय बागलुङले जनाएको छ ।

नजिकिँदै गरेको चुनावी कार्यक्रमलाई मध्येनजर गर्दै निर्वाचन कार्यलय बागलुङले जिल्लाको १० वटै पालिकामा २ चरणमा पालिका तहबाटै मतदाता नामावली अध्यावधिक गरिरहेको छ ।

पहिलो चरण कार्तिक १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने निर्वाचन कार्यलयले जनाएको छ ।

पहिलो चरणमा जैमिनी नगरपालिका सहित तमानखोला गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ भने दोस्रो चरणमा २८ गतेबाट बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलनका लागि टोली खटाइनेछ ।

मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर पनि नाम दर्ता गर्न सक्नेछन् भने जिल्ला बाहिर वा आफु


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो