दुधको मूल्य प्रतिलिटर ८ देखि १० रुपैयाँ बढाउने सरकारको तयारी, कृषकहरू खुसी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २३ पुस २०७८ ।

सरकारले दुधको मूल्य प्रतिलिटर ८ देखि १० रुपैयाँ बढाउने तयारी गरेकाे छ । मुल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन  गरेकाे हाे ।

सरकारले अहिले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको र अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो । आइतबारसम्ममा प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी छ ।

मन्त्रालयले प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्नेछ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डले जनाएको छ ।

यसअघि २०७६ साल भदौमा दूधको मूल्य ६ रुपैयाँले बढेर प्रतिलिटर ७६ रुपैयाँ तय भएको थियो । त्यसयता दुधको मूल्य वृद्धि भएको छैन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो