माओवादी केन्द्र जैमिनीले मनायो जनयुद्ध दिवस, सम्झनामा मिठाई वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ फागुन २०७८ ।

नेकपा माओवादी केन्द्र जैमिनीले २७ औं जनयुद्ध दिवस मनाएको छ । आइतबार बागलुङको कुश्मिसेरामा नेकपा माओवादी केन्द्रले एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो ।

दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले कुश्मिसेरा बजारका नागरिकहरुलाई टिका लगाएर मिठाइए दिएको थियो । कार्यक्रममा जनयुद्धमा आहुति दिएका सहिद प्रतिको सम्झना र जनयुद्धले भएका परिवर्तनहरुको स्मरण गराउनका लागि नागरिकहरुलाई टिका लगाएर मिडाई दिइएको माओवादी केन्द्र जैमिनी नगरका अध्यक्ष झमन पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि तथा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटि सदस्य लाल बहादुर परियारले जनयुद्धका कारण नै देशमा धेरै परिवर्तन भएको बताउनुभयो । माओवादीले दिएको वलिदानीको उचित कदर हुनुपर्ने भन्दै उहाँले अहिले चर्चामा रहेको एमसीसी परियोजना पास गर्न नहुने धारणा राख्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो