जैमिनीमा ४० औं मगर दिवस सम्पन्न, मगरहरुको पहिचान र भाषाको आवश्यक

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १६ फागुन २०७८ ।

४० औं मगर दिवस बागलुङको जैमिनीमा पनि मनाइएको छ । जैमिनी नगर समितिको आयोजनामा आइतबार जैमिनी नगरपालिका ६ अर्जेवामा मगर दिवस कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले प्रमुख अतिथिको आशनबाट बोल्दै मगर जातिहरुको भेषभुषा र पहिचानको लागि सबै मगरहरु एक हुनुपर्ने बताउनुभयो । देशमा भएका ठुला परिवर्तनमा मगरहरुको मुख्य भूमिका रहेको भन्दै उहाँले अहिलेको संविधानले नै सबै जातिहरुलाई अधिकार दिनु सकारात्मक रहेको बताउनुभयो ।

राज्यले अधिकारको सुनिश्चित गरेपनि अझै मगरहरुको पहिचान र भाषामा समस्या रहेको उहाँको भनाई छ । उतिबेला मगरहरुको पहिचान र भाषालाई कुण्ठित गर्न राज्यसत्ता लागेको भनदै उहाँले आफ्नो भाषा धर्म र संस्कृतिलाई जोगाउन सबै मगर समुदायलाई आग्रह गर्नुभयो ।

 

 

 

 

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले नगरपालिकाले नागरिकहरुको अधिकारका लागि आवश्यक सहयोग गरिरहेको बताउनुभयो । मगर जातिको पहिचानका लागि जैमिनी नगरपालिकाले यस अघि र यस पछि पनि साथ र सहयोग गर्ने भन्दै उहाँले सबै मगरहरु एक हुनुपर्ने धारणा राख्नुभयो । नगर उप प्रमुख लिला रानाले मगरहरुको पहिचानको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जैमिनी नगपापलिकामा मगर जातिको बाहुल्यता भएको र नगरपालिकाले मगर जातिको पहिचान राख्न सहयोग गरिरहेको बताउनुभयो । नगर भित्रका सबै नागरिकहरुलाई आवश्यक सहयोग गरिएको बताउँदै उहाँहरुले अबका दिनहरुमा पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य पुरन श्रीसले मगर जातिहरुको इतिहास र मगर दिवसको बारेमा जानकारी गराउनुभएको थियो ।

नेपालका आदिवासी, मुलवासी, मगर जनजातिमा सामाजिक जागरण र सामाजिक सधार ल्याउन विक्रम सम्बत २०१२ सालमा काठमाडौमा मगर समाज सुधार संघ नामले सामाजिक संस्था स्थापना भएको स्मरण गर्दै उहाँले मगर संघको प्रथम अधिवेशन भएको मिति २०३९ साल फागुन १५ गतेलाई मगर दिवसको रुपमा मनाउन थालिएको बताउनुभयो ।

नेपाल मगर संघ जैमिनी नगर समितिका अध्यक्ष तिलक थापाले चार बर्षअघि जैमिनीमा मगर संघ गठन गरिएको र त्यसयता निरन्तर कार्यक्रम गर्दै आएको बताउनुभयो । मगरहरुको पहिचानको लागि जैमिनी नगरपालिकाका १० वटै वडामा कार्यक्रम गर्ने बताउँदै उहाँले यस अघि बिभिन्न वडामा कार्यक्रम भएको जानकारी दिुनभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका १० वटै वडाका मगर समुदायहरुको उपस्थिति रहेको थियो । उनिहरुले बिभिन्न मगर परिकारहरु बनाएर खुवाएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो