आज विश्व श्रवण दिवस : विविध कार्षक्रम गरी मनाइँदै, यस्ता छन् श्रवण शक्ति कम हुन नदिने उपायहरु

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १९ फागुन २०७८ ।

‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ३ का दिन विश्व श्रवण दिवस मनाउने गरिन्छ । बिहीबार विश्वभर विभिन्न कार्यक्रम गरी श्रवण दिवस मनाइँदै छ ।

श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । यो दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, श्रवण शक्तिको कमिका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले जोड दिएको छ । मन्त्रालयले कम श्रवण शक्तिका लक्षणहरूबारे समेत जानकारी गराएको छ ।

यी लक्षण देखिएमा सुन्ने क्षमता (श्रवण शक्ति) कम हुनसक्छ :
अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउन अनुरोध गर्नु ।
टेलिफोनमा कुरा गर्न गाह्रो हुनु ।
चराचुरुङ्गीको आवाज नसुन्नु ।
कान कराउनु ।
बोलेको सुन्नु तर नबुझ्नु ।
अरुसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु ।
धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो हुनु ।
रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु ।

श्रवण शक्ति कम हुन नदिने उपायहरु :
चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास (इयर प्लग)को प्रयोग गरौँ ।
मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगरौँ ।
हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुनौं ।
जथाभावी सवारी साधनको हर्न नबजाऔँ ।
ठूलो आवाज भएको ठाउँमा लामो समयसम्म नबसौं ।
नियमित व्यायाम गरौँ
अरुलाई चर्को ध्वनिबाट हुनसक्ने असरको बारेमा जानकारी दिऔं र त्यसबाट बच्ने उपाय सिकाऔँ ।
क्लव पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गरौँ ।
आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमा परीक्षण तथा उपचार गरौँ । गाेरखापत्र अनलाइनबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो