जैमिनी नगरपालिकाका नगर उप प्रमुख सहित ९ जनाले राजिनामा दिए, काे काे परे ? हेर्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ बैशाख २०७९ ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा जैमिनी नगरपालिकामा जनप्रतिनिधिले राजिनामा दिएका छन् । निर्वाचनको मनोनयन दर्ताको मिति नजिकिएसँगै नगरपालिकाका जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।

जैमिनी नगरपालिकाका नगर उप–प्रमुख लिला रानाले सर्वप्रथम पदबाट राजिनामा दिनुभएको जैमिनी नगरपालिकाले जनाएको छ । राना २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उप–पमुखमा निर्वाचित हुनुभएको थियो ।उहाँको राजीनामा पछि क्रमशः वडा अध्यक्ष, वडा सदस्य गरी नौ जनाले राजीनामा दिनुभएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

राना पछि तीन नम्बरका वडा अध्यक्ष वेद बहादुर छन्त्यालले राजीनामा दिनुभएको थियो । उहाँ लगत्तै दश नम्बरका वडा सदस्य छविलाल श्रीस राना,तीन नम्बरका वडा सदस्य भैर बहादुर छन्त्याल,छ नम्बरका वडा अध्यक्ष कृष्ण थापा,वडा नम्बर सातका वडा अध्यक्ष जीत बहादुुुर राना, दुई नम्बरका वडा सदस्य प्रेम प्रसाद सापकोटा,वडा नम्बर सातका वडा सदस्य केन्द्र बहादुर सुनार र बिमला सुनारले राजिनामा दिनुभएको जैमिनी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख इन्द्रराज पाैडेल समक्ष बुभफाइएकाे राजिनामा प्रमुख पाैडेल उपस्थिति नभएका कारण थप कारवाही अगाडि बढेकाे छैन । जैमिनी नगरपालिकाकाे कार्यलयले नगर प्रमुख समक्षा पेस गर्नका लागि बुझाइएका राजिनामा दर्ता गरेर राखेकाे छ । राजिनामा दिनेहरू सबै पुनः जनप्रतिनिधिमा दाेहाेरिन चाहन्छन् । निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिहरु दोहोरीन चहे वा कुनै पदमा उम्मेदवारी दिन चाहेमा राजिनामा दिनुपर्ने व्यवस्था गरेपछि अहिले राजिनामा दिन थालिएको छ । नेपालमा यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

नगर उप–प्रमुख राना एमालेबाट नगर प्रमुखको उम्मेदवारका लागि सिफारिस भैसक्नुभएको छ भने वडा सदस्या छविलाल श्रीस एमालेबाट वडा नं १० को वडाध्यक्षमा र वडा नं ३ का वडाध्यक्ष वेद बहादुर छन्तयाल एमालेबाट वडा नं ३ को वडाध्यक्षका लागि सिफारिस हुनुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो