बागलुङमा सत्ता गठबन्धनको भागवण्डा टुङ्गियो, जैमिनी र बरेङमा कसले के पाए ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ बैशाख २०७८ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङका सत्ता गठबन्धनले भागवण्डाको टुङ्गो लगाएको छ । सोमबार बिहानीपख सत्ता गठबन्धनका दलहरुले कुन पालिका र वडामा कसको उम्मेदवार उठाउने भन्ने टुङ्गो लागेको हो ।

भागवण्डामा बागलुङको जैमिनी नगरपालिकाको नगर प्रमुखमा जनमोर्चाको उम्मेदवार उठाउने र नगर उप प्रमुखमा नेपाली कांग्रेसको उम्मेदवार उठाउने सहमति भएको गठबन्धनमा सहभागी एक नेताले बताएका छन् । यस्तै जैमिनीका १० वटा वडा मध्ये नेपाली कांग्रेसलाई पाँच वटाका वडाध्यक्ष, राष्ट्रिय जनमोर्चालाई दुई वटा, नेकपा माओवादी केन्द्रलाई दुई वटा र नेकपा एकिकृत समाजवादीलाई एक वटा वडाको वडाध्यक्ष दिने भागवण्डा गरिएको छ ।

जैमिनीको वडा नं १,२,५,७ र ८ मा नेपाली कांग्रेस, वडा नं ३ र ६ मा नेकपा माओवादी केन्द्र, वडा नं ९ र १० मा राष्ट्रिय जनमोेर्चा र वडा नं ४ मा नेकपा एकिकृत समाजवादीको वडाध्यक्षमा उम्मेदवार उठाउने सहमति भएको छ ।

यता दक्षिणी भेगकै बरेङ गाउँपालिकामा राजमोले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएका छन् । वडा नं १,२ र ३ मा राजमो, वडा नं ४ मा माओवादी केन्द्र र वडा नं ५ मा नेपाली कांग्रेसको वडाध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।

जिल्लाकाे ४ वटा नगर पालिका र ६ वटा गाउँ पालिकाकाे वडा तहसम्म नै टुंगाे लागेकाे बताइएकाे छ । नेपाली कांग्रेसले बागलुङ नगरपालिका, गलकाेट नगरपालिका, निसीखाेला गाउँपालिका, काँठेखाेला गाउँपालिका तमानखाेला गाउँपालिका र बडीगाड गाउँपालिकाकाे प्रमुख पदमा उमेदवारी दिने सहमति भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रले ढाेरपाटन नगरपालिका र ताराखाेला गाउँपालिकाकाे प्रमुख पद पाएकाे छ भने राष्ट्रिय जनमाेर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाकाे प्रमुख पाएकाे छ ।

यस्तै नेपाली कांग्रेसले ढाेरपाटन नगरपालिका र जैमिनी नगरपालिकाकाे उप प्रमुख, ताराखाेला गाउँपालिका र बरेङ गाउँपालिकाकाे उपाध्यक्ष पद पएकाे छ । माआ‌ेवादी केन्द्रले बागलुङ नगरपालिका र गलकाेट नगरपालिकाकाे उप प्रमुख र निसीखाेला गाउँपालिकाकाे उपाध्यक्ष पाएकाे ।  राष्ट्रिय जनमाेर्चाले बडीगाड गाउँपालिका र काँठेखाेला गाउँपालिकाकाे  उपाध्यक्ष र एकीकृत समाजवादीले तमानखाेला गाउँपालिकाकाे उपाध्यक्ष पाएकाे बताइएकाे छ ।

गठबन्धनले सबै वडामा भागवण्डा मिलाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो