जैमिनीको प्रमुखमा जयराम आचार्यको स्वतन्त्र उम्मेदवारी, आफू काम गरेर देखाउने दावी

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १२ बैशाख २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिका वडा नं ५ बिनामारे निवासी आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

राजनीतिक दलहरुले अनेक बहाना बनाएर चुनाव जित्ने तर काम गर्न नसक्ने देखिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो । अहिले पनि बिभिन्न गठबन्धनका नाममा अयोग्य उम्मेदवार उठाउने र पछि जनताले पछुताउनुपर्ने अवस्था आउन सक्ने भएकाले आफूले उम्मेदवारी दिएको भन्दै उहाँले नागरिकहरुले भोट हाल्दा योग्य र काम गर्नसक्ने उम्मेदवारलाई दिनुपर्ने बताउनुभयो ।

जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखका लागि लिला राना र उप प्रमुखका लागि उषा पौडेलको उम्मेदवारी परेको छ ।

जैमिनीमा पाँच दलीय गठबन्धन भएपनि अधिकांश वडाबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो