जैमिनीको दमेकमा ट्याक्टर दुर्घटना हुँदा एकजना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ बैशाख २०७९ ।

जैमिनीको फेदिमा ट्याक्टर दुर्घटना भएको छ । सोमबार बागलुङको कुश्मिसेराबाट जैमिनी ३ कालापाताल जाँदै गरेको ट्याक्टर दमेकको फेदीमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा चालक जुन बहादुर विक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । ध १ त २८७ नम्बरको ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेर क्षत विक्षत भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी राजाराम खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चालक विक सामान्य उपचारपछि घर फर्किएका छन् । ट्याक्टरले बालुवा बोकेर गएको र ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

तस्विर श्राेतः जैमिनी नगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष तथा आगामी निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवार लक्ष्मी प्रसाद सापकोटा


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो