दमेकमा गठबन्धनको चुनावी अभियान सम्पन्न, आवश्यकता अनुरूप विकास गर्ने प्रतिवद्धता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २० बैशाख २०७९ ।

बागलुङको दमेकमा गठबन्धनको चुनावी अभियान सम्पन्न भएको छ । जैमिनी नगरपालिका २ दमेकको बिभिन्न स्थानमा ५ दलीय गठबन्धनको चुनावी प्रचार अभियान सम्पन्न भएको हो ।

५ दलीय गठबन्धनको नगर प्रमुख पदका साझा उम्मेदवार नरबहादुर पुन, उप प्रमुख पदका उमेदवार हरीहर शर्मा सहित वडा नं २ का अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटा, वडा सदस्यका उम्मेदवार आनन्द अम्माई, होमनाथ सापकोटा, महिला सदस्य भगवती सापकोटा र दलित महिला कौशिला विकको उपस्थितिमा भएको कायक्रममा प्रमुख पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुनले आफूलाई जनताले निर्वाचित गराएमा जनताको घरदैलोमा गएर आवश्यकता पहिचान गरी योजना बनाएर कार्यन्वयन गर्ने बताउनुभयो । आफूहरुले कानुनको पाटो सहज बनाइदिने र जनताको आवश्यकतालाई विज्ञहरुको टोली सहित राखेर योजना बनाउने भन्दै उहाँले पहुँच हुने र नहुनेमा भएको भेदभावलाई अन्त्य गरी समान सेवा दिने प्रतिवद्धता जनाउनुभएको छ ।

अहिले देखिएको बेतिथि र भद्रगोल अवस्थालाई एउटा पद्धति बनाएर विकास गर्दै लैजाने र त्यसमा सबै जनताले समान सुविधा पाउने उहाँको भनाई छ ।

यस्तै नगर उप प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता हरिहर शर्माले अन्य स्थानीय तहको तुलनामा जैमिनी नगरपालिका पछाडि परेकाले यसको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । आफूलाई जनताले निर्वाचति गराएमा शिक्षा, स्वास्थ्य, यातयात, खानेपानी जस्ता नागरिकका आधारभूत र अनिवार्य आवश्यकतालाई सहज पहुँचमा पुर्‍याउने प्रतिवद्धता जनाउँदै उहाँले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर व्यवसायिक कृषिको अवधारणा ल्याउने बताउनुभयो । कुनैपनि क्षेत्रको विकासका लागि विज्ञता हासिल गर्नुपर्ने भन्दै नेता शर्माले विज्ञको सुझावमा कार्यक्रम बनाएर कार्यन्वयन गर्ने बताउनुभयो । उहाँले जैमिनी नगरपालिकामा शान्ति सुरक्षा र सुशासन कायम गर्न आवश्यक नियम बनाएर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

वडा नं २ का वडाध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटाले आफ्नो कार्यकालमा पूणर् रुपमा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनताहरुको समस्यामा आफू सँधै साथमा हुने भन्दै उहाँले समस्याको समाधान र जनमूखि काम गर्न आफू तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले वडामा भएका आवश्यकताको बारेमा जानकारी गराएका थिए । कार्यक्रम वडा नं २ दमेककोे पोखराचौर, गाँैडा र ओडडाँडामा गरिएको ५ दलीय गठबन्धनको चुनावी प्रचार समितिले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो