गठबन्धनको राङ्खानी र एमालेको सर्कुवामा चुनावी सभा सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ बैशाख २०७९ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै पाँच दलिय गठबन्धनको चुनावी सभा जैमिनी नगरपालिका १० राङखानीमा सम्पन्न भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट जैमिनी नगर प्रमुखका उम्मेदवार नर बहादुर पुन, उप-प्रमखका उम्मेदवार हरिहर शर्मा, राङखानीका वडा अध्यक्षका उम्मेदवार श्री प्रसाद थापा लगायतको टोलीले राङखानीका विभिन्न ठाउँमा भेटघाट तथा कार्यक्रम गरेको हो ।

स्थानिय जनताका जिज्ञासा मेटाउदै नगर प्रमुखका उम्मेदवार नरबहादुर पुन तथा उप-प्रमुखका उम्मेदवार हरिहर शर्माले व्यक्ति पिच्छे फरक फरक समस्या रहने र आफुहरु निर्वाचित भएर आइसकेपछि सबैका समस्या समाधान हुने खालका योजना बनाएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । चुनावी सभा तथा जनभेटघाटको क्रममा जनताले आफ्ना समस्या जिज्ञासा राखेका थिए भने अभियानका टोलीलाई जनताले कतै फूलमालाले सम्मान गर्दै विजयको लागि आर्शिवाद पनि दिएका थिए । चुनावी सभा तथा भेटघाट कार्यक्रम मंगलबार जैमिनी नौ पैंयुथन्थापमा सम्पन्न भएको थियो ।

यता नेकपा एमालेको चुनावी प्रचार प्रसार टोलीले जैमिनी चार सर्कुवाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको छ । सो टोलीले सर्कुवाको बुर्म गाँव हुदै सिस्नेरामा कोण सभा गरेको हो । सो टोलीमा प्रतिनिधि सभा सदस्य सावित्री राना, नेकपा एमाले जैमिनी नगरपालिकाका नगर प्रमुखका उम्मेदवार लिला राना, उप-प्रमुखका उम्मेदवार उषा पौडेल, नवराज पौडेल सर्कुवाका वडा अध्यक्षका उम्मेदवार धनबहादुर शाही, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य लगायतको उपस्थिति रहेको प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य टेक नारायण पौडेलले बताउनुभयो ।

नगर प्रमुखका उम्मेदवार लिला रानाले आफ्नो कार्यकालमा कुश्मिसेरादेखि वडा कार्यलय सम्मको बाटो पिच गरीने, स्कुल अपगे्रड गर्ने, सार्वजनिक विद्यालयमा अङग्रेजी माध्यमबाट पढाउने व्यवस्था गरिने, दलित बस्तीमा आयआर्जनका कामहरु गरिने प्रतिबद्धता जनाउनुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो