जैमिनीमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न, कति मत खस्यो ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३० बैशाख २०७९ ।

बागलुङको जैमिनीमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हो ।

जैमिनीको ११ वटा मतदान स्थलमा नै शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । २८ वटा मतदान स्थल रहेको जैमिनीमा कुनैपनि अवाञ्छित गतिविधि नभएको उहाँको भनाई छ ।

यस्तै जैमिनीमा कुल १३ हजार ५ सय ६५ मत खसेको छ । जैमिनी नगरपालिकाको दश वटै वडाबाट कुल १३ हजार भन्दा बढी मत खसेको हो । कुल २४ हजार ७ सय ११ मतदाता मध्ये ५३ दशमलव ८९ प्रतिशत भन्दा बढी मत खसेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो