जैमिनीको मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा, केहि बेरमा मतगणना सुरु हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ ।

बागलुङको जैमिनीमा सबै मतपेटीका मतगणना स्थलमा ल्याइएको छ । जैमिनी नगरपालिकाको १० वटै वडाबाट मतपेटीका मतगणनास्थलमा ल्याइएको हो ।

शुक्रबार राति अबेरसम्म मतपेटीका ल्याइएकाले शनिबारबाट मात्र मतगणना सुरु हुने जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । मतगणना गर्नु अघि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

जैमिनीको मतगणनास्थलमा सिसिटिभी र तारजालीको व्यवस्था गरिएको छ । आवश्यक सुरक्षालाई मध्येनजर गर्दै सिसिटिभी क्यामेरा जडान सहित तारजाली लगाइएको अधिकृत भण्डारीले बताउनुभयो ।

निर्वाचन अधिकृतको कार्यलय सहित मतपेटीका भण्डारण गर्ने र मत गणना गर्ने स्थलमा सुरक्षाको लागि सिसिटिभी क्यामेरा जडान गरिएको र तारजाली लगाइएको छ । जैमिनी नगरपालिका वडा नं १ को कार्यलयमा रहेको नगरपालिकाको सभाहलमा मतगणना गरिने बताइएको छ ।

मतणना स्थल वरपर सुरक्षा व्यवस्था मिलाइएको र तारजाली सहित झ्यालहरुमा समेत प्लाईउडले बारीएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो