चुनाव अपडेटः जैमिनीमा २ सय मत गन्दा गठबन्धन अगाडि, १० मत बदर

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ ।

बागलुङकाे जैमिनीमा २ सय मत गन्दा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । २ सय मत गन्दा गठबन्धनका साझा उम्मेदवार नर बहादुर पुन १ सय ५० मत ल्याएर अगाडि देखिएका हुन् । नगर प्रमुखमा एमालेका उम्मेदवार लिला रानाले ४० मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै उप प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हरिहर शर्माले १ सय ३२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार उषा पाैडेलले ३८ मत प्राप्त गर्नुभएकाे छ ।

१० वटा वडा रहेकाे जैमिनीमा वडा नं १० राङ्खानीबाट मतगणना सुरू गरिएकाे छ । गठबन्धनका वडाध्यक्षले १ सय ३९ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ५२ मत प्राप्त गरेका छन् ।

राप्रपा र नेपाली कांग्रेस (वीपी) का उम्मेदवारले अहिलेसम्म मत प्राप्त गरेका छैनन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो