जैमिनीमा ४ सय मत गनियाे, कसले कति पाए ? – चुनावी अपडेट

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ ।

बागलुङकाे जैमिनीमा ४ सय मत गन्दा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । ४ सय मत गन्दा गठबन्धनका साझा उम्मेदवार नर बहादुर पुन २ सय ९० सहित अगाडि देखिएका हुन् ।

नगर प्रमुखमा एमालेका उम्मेदवार लिला रानाले ८२ मत प्राप्त गर्नुभएकाे छ भने राप्रपाकाे उप प्रमुखका उम्मेदवार चीना केसीले १ मत ल्याउनुभएकाे छ ।

यस्तै उप प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हरिहर शर्माले २ सय ७६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार उषा पाैडेलले ७० मत प्राप्त गर्नुभएकाे छ ।

१० वटा वडा रहेकाे जैमिनीमा अहिले वडा नं १० राङ्खानीकाे मतगणना भैरहेकाे छ । गठबन्धनका वडाध्यक्षले २ सय ८० मत ल्याएका छन् भने एमालेका उम्मेदवारले  १ सय १ मत प्राप्त गरेका छन् । गठबन्धनकाे महिला वडासदस्यका उम्मेदवारकाे २ सय ८४ मत प्राप्त भएकाे छ भने एमालेका उम्मेदवारकाे लागि ९२ मत परेकाे छ ।

गठबन्धभनकाे दलीत महिला सदस्यले २ सय ८४ मत ल्याउनुभएकाे छ । एमालेका उम्मेदवारकाे ८४ मत छ । खुल्ला सदस्यमा गठबन्धनका उम्मेदवार नै अगाडि छन् । खुल्ला सदस्य एकमा २ सय ७६  र दाेश्राे सदस्यमा २ सय ८२ मत परेकाे छ । यस्तै एमालेकाे सदस्य १ काे लागि ८१ र दाेश्राे सदस्यकाे लागि ९१ मत खसेकाे छ ।  राप्रपा र नेपाली कांग्रेस (वीपी) काे नगर प्रमुख पदका उम्मेदवारले अहिलेसम्म मत प्राप्त गरेका छैनन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो