बागलुङ, १ जेठ २०७९ ।
बागलुङको जैमिनीमा एउटा वडाको मतगणना अन्तिम चरणमा पुगेको छ । शनिबार मध्याह्न १२ बजेदेखि सुरु भएको जैमिनी १० को मतगणना अन्तिम चरणमा पुगेको हो ।
अहिलेसम्म १ हजार ६ सय मत गणना गर्दा गठबन्धनबाट नगरप्रमुखको उम्मेदवार नर बहादुर पुनले १ हजार २ सय ४९ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार लिला रानाले २ सय ७६ मत पाउनुभएको छ । गठबन्धनको उप प्रमुखका उम्मेदवार हरिहर शर्माको १ हजार १ सय २१ मत ल्याउँदा एमालेका उम्मेदवार उषा पौडेलले २ सय ५८ मत प्राप्त गर्नुभएको छ
यस्तै वडाध्यक्षका गठबन्धन उम्मेदवारले १ हजार १ सय ७९ र एमालेका उम्मेदवारले ३ सय ५५ मत ल्याएका छन् ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जैमिनी १० मा १ हजार ९ सय ३२ मत खसेको थियो ।

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्