जैमिनी १० मा गठबन्धनको प्यानल नै विजयी, कसको कति मत आयो ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ जेठ २०७९ ।

बागलुङको जैमिनी नगरपालिका १० मा गठबन्धनको प्यानल नै विजयी भएको छ । १० वटा वडा रहेको जैमिनी नगरपालिकामा वडा नं १० बाट गठबन्धन प्यानल ९ सय ८६ मतान्तरले विजयी भएको हो ।

कुल १ हजार ९ सय ३२ मत खसेको राङ्खानीमा विजेता बन्नुभएका गठबन्धनका वडाध्यक्ष श्री प्रसाद थापालाई १ हजार ४ सय १९ मत प्राप्त हुँदा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार छविलाल श्रीस रानाले ४ सय ३३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । यस्तै गठबन्धनका महिला सदस्य सिता विकले १ हजार ४ सय २२ मत ल्याएर विजेता बन्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी एमालेका दुर्गा पाण्डे थापा श्रीस रानाले ४ सय ११ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका दलित महिला सदस्य सिता नेपालीले १ हजार ३ सय ९३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विष्णु नेपालीलाई ३ सय ७५ मत परेको छ ।

२ जना खुल्ला वडा सदस्यमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका फणिन्द्र थापाले १ हजार ३ सय ६० र भरत कुमार श्रीसले १ हजार ४ सय ११ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका खुल्ला सदस्य उम्मेदवार थमन बहादुर श्रीस रानाले ३ सय ७५ र मन बहादुर थापाले ४ सय १२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै जैमिनी नगरपालिका १० बाट ५ दलीय गठबन्धनको नगर प्रमुख पदका उम्मेदवार नर बहादुर पुनलाई १ हजार ४ सय ९७ र गठबन्धनकै उप प्रमुखका उम्मेदवार हरिहर शर्मालाई १ हजार ३ सय ४९ मत प्राप्त भएको छ । यस्तै एमालेका नगर प्रमुख पदका उम्मेदवार लिला रानाले ३ सय ४१ र उप प्रमुख पदका उषा पौडेलले ३ सय मत पाउनुभएको छ । वडा नं १० बाट राप्रपाको उप प्रमुखका उम्मेदवार चीना केसीले १ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेस (विपी) को नगर प्रमुखका उमेदवार काशिराम आचार्य र राप्रपाका नगर प्रमुख उम्मेदवार निर्मला सापकोटालाई एक मत पनि परेको छैन ।

जैमिनी १० मा कुल १० वटा मतपत्र बदर भएका थिए भने प्रमुखको ६२, उप प्रमुखको १ सय २६, वडाध्याक्षको ३७, महिला सदस्यको २५ दलित महिला सदस्यको २०, खुल्ला सदस्य एक चिन्हको ४० र खुल्ला सदस्य २ चिन्हको २९ मत बदर भएको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो ।

शनिबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतगणना राति १२ बजे सकिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो