जैमिनीमा एक तिहाई मत गन्दा सत्ता गठबन्धन दोब्बर मतले अगाडि, यस्तो छ मत परिणाम

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ जेठ २०७९ ।

बागलुङको जैमिनीमा एक तिहाई मत गन्दा सत्त गठबन्धनका उम्मेदवार दोब्बर भन्दा बढी मतले अगाडि देखिएका छन् । जैमिनी नगरपालिकाको वडा नं १०, ९ र ८ को केहि मत सहित कुल ४ हजार ४ सय ६६ मत गन्दा सत्ता गठबन्धनका उम्मेदवार अगाडि देखिएका हुन् ।

जैमिनी नगरपालिका १० राङ्खानीको १ हजार ९ सय ३२, वडा नं ९ पैञ्युँथन्थापको १ हजार ३ सय १७ र वडा नं ८ छिस्तीको वाइनकुना मतदान स्थलको ८ सय १७ र फुर्केसल्ला मतदान स्थलको ४ सय मत गन्दा सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले ३ हजार १४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार लिला रानाले १ हजार ७२ मत प्राप्त गर्नुभएको छ । यो समाचार तया पार्दासम्म गठबन्धनका नेता पुन १ हजार ९ सय ४२ मतले रानाभन्दा अगाडि हुनुहुन्छ ।

यस्तै नेपाली कांग्रेस (विपी)बाट जैमिनी नगरपालिकाको नगर प्रमुखका उम्मेदवार काशिराम आचार्यले १९ र राप्रपाका नगर प्रमुख पदका उम्मेदवार निर्मला सापकोटाले ३ मत प्राप्त गर्नुभएको छ । जैमिनी नगरपालिकाको नगर प्रमुख पदमा पनि सत्ता गठबन्धन नै अगाडि देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हरिहर शर्माले २ हजार ९ सय ४७ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी नेकपा एमालेका उषा पौडेलले ९ सय ८० मत पाउनुभएको छ भने राप्रपाका चीना केसीले ५ मत प्राप्त गर्नुभएको छ ।

यसअघि मतगणना सम्पन्न भएको जैमिनी १० मा सत्ता गठबन्धन प्यानल सहित विजयी भएको छ भने वडा नं ९ मा अध्यक्षमा एमालेका उम्मेदवार र अन्य गठबन्धनका सदस्य निर्वाचित भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो