जैमिनीमा नागरिक सहायता कक्ष स्थापना, अब सेवाग्राहीहरुलाई सहज हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० जेठ २०७९ ।

बागलुङकाे जैमिनी नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निणर्य अनुरुप मंगलबारबाट नागरिक सहायता कक्षको स्थापना गरिएको हो ।

नगरपालिकामा आउने सेवाग्राहीहरुलाई सहज होस् भनेर सोधपुछ सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । कुनैपनि सरकारी कार्यलयमा छिटो र छरितो रुपमा सेवा पाउने नागरिकहरुको अधिकारलाई सुनिश्चित गर्दै सहायता कक्षको स्थापना गरिएको उहाँको भनाई छ ।

नागरिक सहायता कक्षबाट सेवाग्राहीहरुले निवेदनका ढाँचाहरु, आवश्यक कागजातहरु लगाएतका विषयमा जानकारी लिन सक्नेछन् भने आवश्यक सहयोग लिन पाउनेछन् । नगरपालिकाको कुनैपनि काम गर्न आउने सेवाग्राहीहरु त्यसै फर्किन नपर्‍योस् भन्ने तरिकाबाट नागरिक सहायता कक्षलाई व्यवस्थित गर्दै लैजाने जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले बताउनुभयो । सेवा लिन आउँदा सेवाग्राहीहरुले सहायता कक्षमा गएर आवश्यक सहयोग लिन र कागजातहरुको नमूना प्राप्त गर्न सक्ने उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले पेश गर्नुभएको जैमिनी नगरपालिका १० राङ्खानीका जीवन श्रीसको बार्षिक कार्यक्रम अन्तरगत व्याडमिन्टन कोर्ट निर्माणको योजना फाइल नगर प्रमुख पुनले सदर गरेर नागरिक सहयता कक्षको उद्घाटन गरिएको छ । नागरिक सहायता कक्ष जैमिनी नगरपालिकाको कार्यलयको आडमा निलो टिनको छाप्रोमा रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो