जैमिनीमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित, भोलि बजेट प्रस्तुत हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ असार २०७९ ।

जैमिनी नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । बुधबार जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले दोश्रो नगरसभाको बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रम सुझाव सहित सर्वसम्मत पारित भएको हो ।

जैमिनीले बसाईसराई रोक्नका लागि नागरिकहरुकाे चाहना अनुरूप आवश्यक पूर्वाधार र कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिएको छ । सामाजिक सुरक्षा लगाएतमा देखिएको समस्यालाई समाधान गरी नागरिकमैत्री बनाइने नगर प्रमुख नर बहादुर पुनले बताउनुभयो ।

जैमिनीका नागरिकहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन रोजगारी सृजना हुने कार्यक्रम ल्याउने नीति लिएको जैमिनीले विज्ञहरुसँगको परामर्श र लगानी सम्मेलन गर्ने योजना बनाएको छ । शिक्षा, स्वास्थ्य जस्ता विषयहरुलाई प्राथमिकता दिएर नीति बनाएको भन्दै नगर प्रमुख पुनले जैमिनीको मुख्य आश्रोत कृषि उत्पादन र पर्यटन भएकाले यस क्षेत्रको बिकासका लागि नगरपालिकाले यस्ता क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याएको बताउनुभयो ।

बुधबार नीति तथा कार्यक्रम ल्याएको जैमिनीले बिहिबार आगामी आर्थिक बर्ष २०७९/८० को बजेट सभामा पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । बागलुङ जिल्लाको दक्षिणी भेगमा अवस्थित जैमिनी नगरपालिकाले गतबर्षहरुमा एकैदिन नीति तथा कार्यक्रम र बजेटको सिलिङ प्रस्तुत गर्ने र असार मसान्तभित्र बजेट पारित गर्ने गरेकोमा यो पटक नीति तथा कार्यक्रम र बजेट छुट्टाछुट्टै दिनमा सभामा पेश गरिएको छ ।

कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज र जिल्लाखबर डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो