कुश्मिसेरा उपल्लो बजारको बाटो बन्द, वारीपारी सवारी राखी सेवा दिन आग्रह

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ असार २०७९ ।

कुश्मिसेरा उपल्लो बजारको बाटो बन्द गरिएको छ । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मिसेरा उपल्लो बजारको बाटो ढलान गर्न लागिएकाले बन्द गरिएको हो ।

कुश्मिसेरा उपल्लो बजारको छेउ देखि दमेक छोड्ने मोटरेवल पुलसम्म ढलान कार्य गर्न थालिएकाले असार १८ गतेदेखि बाटो बन्द गरिएको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । बाटो बन्द भएपछि कुश्मिसेरा उपल्लोबजार हुँदै दमेक, राङ्खानी, पैञ्युँथन्थाप लगाएत बरेङ शान्तिपुर सम्म जाने सवारीहरु पुल पारी र कुश्मिसेरा बजारमा नै रोकिएका छन् ।

सवारी साधनहरुलाई पुल वारी र पारी राखेर सेवा दिन जैमिनी नगरपालिकाले आग्रह गरेको छ । उपल्लो बजार क्षेत्र भने यसअघि नै कालोपत्रे भैसकेको छ ।

राङखानी, बरेङ लगाएतका स्थानमा जान सर्कुवा, व्यार्थला हुँदै डाँडाखानी नाम्दुक निस्कने बैकल्पिक बाटो भएपनि जैमिनीको वडा नं २ दमेक र वडा नं ३ का लागि भने समस्या भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो