जैमिनीले दिर्घ बिरामीलाई मासिक खर्च दिने, लगत संकलन गर्न थालियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ कात्तिक २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाले दिर्घ बिरामीलाई मासिक खर्च प्रदान गर्न लगत संकलन गर्न थालेको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले दिर्घ बिरामीलाई मासिक खर्च उपलब्ध गराउन लगत संकलन गर्न लागिएकाले वडा कार्यलयमा कागजात पेश गर्न आग्रह गरेको हो ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार गर्न मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने भएकाले यसको लागि वडा कार्यलयामा लगत संकलन गर्न थालिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । आवेदन दिनका लागि चिकित्सकले सम्बन्धीत रोग प्रमाणित गरेको हुनुपर्नेछ ।

यो सुविधा प्राप्त गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत निवेदन र चिकित्सकले रोग प्रमाणित गरेको कागजात सम्बन्धीत वडामा बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ । कात्तिक २३ गतेको १५ दिनभित्र आवश्यक कागजात वडामा बुझाइसक्न नगरपालिकाले आग्रह गरेको छ ।

यस्ताे छ जैमिनी नगरपालिकाले निकालेकाे सूचना 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो