जैमिनीको बिभिन्न वडामा गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न, के भन्छन् उम्मेदवार ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ कात्तिक २०७९ ।

जैमिनीको पैयुँमा गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बागलुङको जैमिनी नगरपालिका ९ पैयुँथन्थापमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको हो ।

बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी र क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले सम्बोधन गर्नुभएको कार्यक्रममा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले अब जनता सचेत नबनेसम्म देश बिकास हुन नसक्ने बताउनुभयो । “जबसम्म जनताले योग्य उम्मेदवार चुन्ने क्षमता राख्छन् तव मात्रै देशमा सक्षम नेतृत्व पुग्छ” उहाँले भन्नुभयो देश बिकासको लागि अब जनता नै सचेत बन्नुपर्छ ।

कार्यक्रममा प्रदेश ख का उम्मेदवार डिल्लीराम सुवेदीले जनतामाझ गरेका प्रतिवद्धता पुरा नगरे जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो । नेतृत्वमा पुगेपछि गाउँ नफर्किने भन्ने गुनासो आउने गरेको प्रसंग कोट्याउँदै उहाँले जनताको काममा समर्पित हुने हुँदा जनताको माझमा नभएको जस्तो देखिएपनि जनतासँगै हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देश र जनताको बिकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको बिकल्प नभएको बताएका छन् । बिपक्षीले उमेरको भ्रम छरेर जनतालाई अलमल्याउन खोजेको भन्दै उनीहरुले जनताले यस्ता कुरा बुझ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गठबन्धनमा रहेका बिभिन्न दलका नेता तथा कार्यकर्ताहरुले बोलेका थिए । यसअघि बिहिबार जैमिनी नगरपालिकाको वडा नं २ दमेकको गौडामा चुनावी कार्यक्रम सम्पन्न भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो