बागलुङको जैमिनीमा नमूना मतदान सम्पन्न, निर्वाचन शान्तिपूर्ण तवरबाट सम्पन्न गर्न आग्रह

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ कात्तिक २०७९ ।

बागलुङको जैमिनीमा नमूना मतदान सम्पन्न भएको छ । निर्वाचनमा खटिने कर्मचारीहरुको क्षमता अभिवृत्ति र मत बदर कम गर्नका लागि नमूना मतदान सम्पन्न भएको हो ।

सोमबार कुश्मिसेरा बजारमा भएको नमूना मतदानमा पार्टी प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी लगाएत स्थानीयहरुले मतदान गरेका थिए । सोमबार जैमिनी नगरपालिकाको आयोजना र निर्वाचन आयोग बागलुङको समन्वयमा भएको मतदानमा संलग्न कर्मचारीहरुले नमूना मतदानले थप सिकाई भएको बताएका छन् ।

नमूना मतदानमा सहभागी हुँदै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन

नमूना मतदान सुरु गर्नु अगाडी निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले नागरिकले मनपराएको उम्मेदवारको निर्वाचन चिन्हमा कसरी स्वस्तिक छाप लगाउने र प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक साथै प्रदेश सभा प्रत्यक्ष र समानुपातिकको मतपत्रको पहिचान गर्ने बारे उपस्थित नमूना मतदातालाई सहजिकरण गर्नुभएको थियो । शर्माले निर्वाचन शान्तिपूर्ण गर्न आग्रह गर्दै कर्मचारीहरु सजग हुनुपर्नेमा समेत जोड दिनुभएकाे छ ।

नमूना मतदानमा प्रतिनिधी सभाको प्रत्यक्ष निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र मतदाताले लिने र स्वस्तिक छापले आफुले ईच्छाईएको कुनै उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत गर्ने, मतपत्र सही तरिकाले पट्याउने र सेतो पृष्ठभूमिमा रातो रङले “१” लेखिएको वा सङ्केत भएको मतपेटिकामा मत खसाल्ने प्रकृयाबारे जानकारी गराइएको थियो । प्रतिनिधी सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतोपृष्ठ भूमिमा कालो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोस्रो मतपत्र मतदाताले लिने र स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत सङ्केत गर्ने र मतपत्र सही तरिकाले पट्याई कालो रङले “२” लेखिएको वा सङ्केत भएको मतपेटिकामा मत खसाल्न सिकाइएको थियो ।

नमूना मतदानमा सहभागी हुँदै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा

त्यसै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको तेश्रो मतपत्र मतदाताले लिने र स्वस्तिक छापले आफुले ईच्छाईएको कुनै उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत गर्ने, मतपत्र सही तरिकाले पट्याउने र सेतो पृष्ठभूमिमा रातो रङले “३” लेखिएको वा सङ्केत भएको मतपेटिकामा मत खसाल्न लगाउनुपर्ने जानकारी गराइएको छ । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको चौथो मतपत्र मतदाताले लिने र स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत सङ्केत गर्ने र मतपत्र सही तरिकाले पट्याई कालो रङले “४” लेखिएको वा सङ्केत भएको मतपेटिकामा मत खसालेर मतदान केन्द्रबाट बाहिर जाने तरिका समेत नमूना मतदानमा सिकाइएको छ ।

नमूना मतदान पछि अनुभव सहित मतदानकाे बारेमा जानकारी गराउँदै जैमिनी नगरपालिकाका लेखा अधिकृत तथा नमूना मतदानका मतदान अधिकृत सुर्य बहादुर बिक

मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई सहज तरिकाबाट मतदान सम्पन्न गर्नका लागि खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट हुन नमूना मतदानले सहज भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो । नमूना मतदानमा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले पहिलो मतदान गर्नुभएको थियो भने नगर उप प्रमुख हरिहर शर्मा लगाएत पार्टीका प्रतिनिधि, कर्मचारी लगाएतले मतदान गरेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो