नुवाकोटमा आमाछोरीको हत्या : घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

याे सामग्री सेअर गर्नुहाेस्

नुवाकोट, २९ कात्तिक २०७९ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएकाे छ । दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको हिजाे बेलुका धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हाे ।

घटनामा संलग्न रहेको आराेपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यही ठाउँका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति घरेलु हतियारसहित सम्झनाकाे घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाण्डौतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरिएकाे हाे ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो