बागलुङ, ३० कात्तिक २०७९ ।
बागलुङको जैमिनी नगरपालिकाले मंसिर १ र २ गते अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएकोे छ । कर्मचारीहरु मतदानका लागि खटिनुपर्ने भएकाले नगरपालिकाको सेवा बन्द गर्न लागिएको हो ।
अधिकांश कर्मचारीहरुलाई निर्वाचन आयोगले मतदान केन्द्रमा खटाएकाले पालिकाको काम प्रभावित हुने देखेर अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । जनताहरुले सामान्य कामको लागि नगरपालिकामा आएर दुःख पाउन नपरोस् भनेर सूचना नै जारी गरेर बन्द गर्न लागिएको उहाँको भनाई छ ।
यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि संघीय सरकारले ४ र ५ गते विदा दिएको भएपनि नगरपालिकाका कर्मचारीहरु अगाडि नै मतदान केन्द्रमा पुगिसक्नुपर्ने भएकाले कर्मचारी अपर्याप्त हुने देखेर सेवा बन्द गरिएको नगरपालिकाले मंगलबार निकालेको सूचनामा उल्लेख छ ।
यस्तो छ जैमिनी नगरपालिकाले निकालेको सूचना



प्रतिक्रिया दिनुहाेस्