कुश्मिसेरामा हुने जैमिनी मेलाको कार्यतालिका सार्वजनिक, कुन दिन के हुन्छ ? हेर्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २६ पुस २०७९ ।

सहारा क्लव कुश्मिसेराले जैमिनी मेला २०७९ को कार्यतालिका सार्वजनिक गरेको छ । बागलुङको जैमिनी नगरपालिमा माघेसक्रान्तिको अवसरमा आयोजित मेलाको कार्यतालिका सार्वजनिक गरिएको हो ।

यहि पुस २९ गतेदखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलामा प्रतियोगितात्मक र नियमित कार्यक्रमबारे सर्वसाधरण लगाएत सरोकारवाला सबैलाई जानकारी गराउन कार्यतालिका सार्वजनिक गरिएको आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । कार्यतालिका अनुसार पुस २९ गते मेलाको उद्घाटनका साथै जैमिनी नगरपालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधि विच मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । यस्तै सोहि दिन महिला भलिवल प्रतियोगिता र नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको ट्राइसिट प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

पुस ३० गते महिला भलिवल प्रतियोगिता र नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरुवात गरिने छ । सोहि दिन कृषि र शैक्षिक सामग्री प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । पुस ३० गते नै पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता र रत्यौली प्रतियोगिताको ट्राइसिट प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

माघ १ गते मुल समारोहको उद्घाटनका साथै धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको ट्राइसिट प्रकाशन गरिने छ । माघ १ गते मुल समारोहका दिन विविध साँस्कृतिक कार्यक्रम समेत हुने छ ।

यस्तै माघ २ गते पालिका स्तरीय पुरुष भलिवल र धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सुरुवात गरिने छ । माघ ३ गते हाजिरी जवाफ प्रतियोगिता सुरु गर्नुका साथै जैमिनी डान्स आइडलको ट्राइसिट प्रकाशन गरिने छ । सोहि दिन महिला भलिवल प्रतियोगिता धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल हुने छ ।

माघ ४ गते डान्स आइडल प्रतियाृगिता सुरु हुने छ भने रत्यौली प्रतियोगिताको फाइनल हुने छ । माघ ५ गते अन्तिम दिन पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता र जैमिनी डान्स आइडलको फाइनल हुने छ । सोहि दिन पुरस्कार वितरण सहित समापन समारोह हुने आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ । प्रत्येक दिन ख्यातिप्राप्त कलाकारहरुद्वारा सांगितिक प्रस्तुति रहने छ ।

यस अघि कुश्मिसेरा बजारको सुरक्षा व्यवस्था, सरसफाई, कार्य विभाजन लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रमको मुल समारोहका दिन बोलाइने प्रमुख अतिथि र विशिष्ट अथितिहरुको टुंगो लगाउनका लागि अध्यक्ष सुनारको संयोजकत्वमा सबै राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरु सहित ९ जनाको कार्यदल समेत गठन गरिएको छ ।

गत बर्ष दोस्रो जैमिनी महोत्सव गरिएकोमा यो बर्ष मेलालाई निरन्तरता दिन लागिएको छ । सहारा खेल मैदान दुर्लेवेसीमा हुने मेलामा करिव डेढ लाख दर्शक आउने अनुमान गरिएकोे छ । मेला हेर्नका लागि अन्य दिन ७० रुपैयाँ र मुल समारोह हुने दिन माघ १ गते १ सय रुपैयाँको टिकट काट्नुपर्ने आयोजकले जनाएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा जैमिनी नगरपालिका मुख्य सहयोगीको रुपमा रहेको छ । नगरपालिकाले मेलाको लागि १० लाख रुपैयाँ बजेट दिने निर्णय गरिसकेको छ ।

जैमिनी मेलाको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, ४० हजार रुपैयाँ राशीको खुल्ला महिला भलिवल प्रतियोगिता, २५ हजार रुपैयाँ राशीको साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, जैमिनी डान्स आइडल, मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, जैमिनी नगर स्तरीय खुल्ला पुरूष बि लेभल डबल ब्याडमिन्टन प्रतियोगिता लगाएतका कार्यक्रम सञ्चालन हुनेछ । आयोजकले मेलामा आयोजित प्रतियोगितात्मक कार्यक्रम र पुरस्कारमा मात्रै ५ लाख ३७ हजार ३ सय ३१ रुपैयाँ खर्च हुने जानकारी दिएको छ ।

पुस २९ गते देखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलामा ५० वटा स्टल रहने छ । मेलामा करिव ३५ लाख रुपैयाँ आम्दानी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलामा स्थानीय कृषि तथा पशु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा रमाइलो मेलाको व्यवस्था गरिने छ ।

अहिले मेला आयोजना स्थलमा मञ्च निर्माण लगाएतका कामहरु भैरहेको आयोजकले जनाएको छ । जैमिनी मेलाको कुश्मिसेरामा अवस्थित शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहेको छ ।

माघ १ गते मूल समारोहको आयोजना हुने मेलामा ख्याति प्राप्त कलाकारहरुद्वारा नियमित सांगितिक प्रस्तुति रहनेछ । मुल  समारोहका दिन जैमिनी संकीर्तन समुहको आयोजनामा जैमिनी घाट देखि कुश्मिसेरासम्म पदयात्रा हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो